Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच भेटवार्ता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको विवाद उत्कर्षमा पुगेको बेला एमाले उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच भेटवार्ता भएको छ।

पछिल्लो समय जुटतिर भन्दा फुटतिर अग्रसर देखिएको एमालेलाई एकताबद्द गर्ने उदेश्यसहित नेता रावल र पोखरेलबीच भेटवार्ता भएको पोखरेलका सहयोगी गणेश पाण्डेले जानकारी दिए।

पाण्डेका अनुसार आइतबार पोखरेल निवास धुम्बाराहीमा उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच एक घण्टा छलफल भएको हो । उहाँहरूबीच पार्टी एकताबारे झण्डै एक घण्टा छलफल भएको हो’, पाण्डेले भने ।

दुई नेताबीच १० बुँदेलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको बुझिएको छ । उपाध्यक्ष रावल वरिष्ठ नेता माधवकुमार नेपालको पक्षबाट निरन्तर पार्टी एकताका लागि अध्यक्ष ओली पक्षका नेताहरुसँग सम्वादमा छन् ।

१० सदस्यीय एमाले विवाद समाधान कार्यदलले अघि सारेको प्रस्ताव विपरित ओली र नेपाल पक्षले गतिविधि गर्दै आएका छन् । जसले गर्दा एमाले एकता भन्दा विभाजनतर्फ अघि बढेको नेताहरुले बताउँदै आएका छन् । यसअघि नेता नेपालले पनि यही परिस्थितिमा अध्यक्ष ओलीसंग एकता हुन नसक्ने भन्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077