Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • अफगानिस्तानको सबै शहर तालिबानको कब्जामा, ३५ जना नेपालीको अवस्था अज्ञात

    अफगानिस्तानको सबै शहर तालिबानको कब्जामा, ३५ जना नेपालीको अवस्था अज्ञात

    अनलाइन नेपाल
  • आइतबार, ३१ साउन २०७८
  • 5.8K
    SHARES

    तस्बिर स्रोत : बीबीसी

    काठमाडौँ । संयुक्त राज्य अमेरिकाले आफ्ना सबै सैनिकहरुलाई अफगानिस्तानबाट फिर्ता बोलाएपछि त्यहाँका सबै सहरहरुमा तालिबानले कब्जा जमाएका छन् ।

    प्राप्त समाचारहरुका अनुसार पछिल्लो समय तालिबान लडाकुहरू पूरै देशलाई आफ्नो नियन्त्रणमा लिने अवस्थामा पुगेका छन् । अहिले राजधानी काबुलबाहेक अन्य सबै प्रमुख सहरहरूमा उनीहरूको वर्चस्व कायम भइसकेको छ।



    लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष आइतवार बिहानै आफ्नो नियन्त्रणमा लिएका छन् । योसँगै सरकारको नियन्त्रणमा रहेको एक मात्र प्रमुख सहरको रूपमा राजधानी काबुल रहेको छ।



    अन्तर्राष्ट्रिय एजेन्सीहरुका अनुसार तालिबानी समूह काबुल पुग्न करिब ११ किलोमिटर मात्रै बाँकी रहेको छ ।शनिबार अफगानिस्तानको उत्तरी गढ मानिएको मजर–इ–सरिफमा तालिबान लडाकुहरुले कब्जा जनाएका थिए ।

    बीबीसीका अनुसार अफगान सुरक्षाकर्मीहरुले जलालावाद कुनै प्रतिकारबिना नै तालिबानहलाई छोडिदिएका हुन् । अफगानिस्तानमा तालिवानले कब्जा जमाएर राजधानी काबुलतर्फ बढिरहँदा अमेरिकाले आफ्ना नागरिकको सुरक्षा र उद्धारका लागि ५ हजार सैनिक तैनाथ गर्ने बताएको छ ।

    यस्तै, आज बिहान अफगानिस्तानबाट अनलाइन नेपाललाई प्राप्त सूचना अनुसार अफगानिस्तानस्थित आईडीजी कम्पनीमा कार्यरत ३५ जना नेपालीहरुको अवस्था अज्ञात रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार