Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • स्याललाई भनेर हानेको गोली छोरालाई लागेपछि…

    स्याललाई भनेर हानेको गोली छोरालाई लागेपछि…

    अनलाइन नेपाल
  • शनिबार, ३० साउन २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । पाल्पामा आफ्नै बाबुले गोली हान्दा छोराको मृत्यु भएको छ । यद्यपी बाबुले छोरालाई मार्न भने गोली हानेका होइनन् । उनले स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको हो ।

    पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको हो ।



    कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न खोज्दा घरदेखि करिब १०० मिटर टाढा मकै बारीमा रहेका धनबहादुरलाई लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    गोली चलाउने कर्णबहादुरलाई बन्दुकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार