Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

भरतपुर विमानस्थलमा कसरी भयो आगलागी ?

भरतपुर । भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ । आज बिहान ६ः४५ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो ।

त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको शर्माले जानकारी दिए ।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको उनले बताए ।

क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनले बताए । विद्युत् चुहावट कसरी भयो भन्ने बारेमा प्राबिधिक टोलीले छानविन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077