Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कामु प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट, दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास

    कामु प्रधानसेनापति शर्मा र भारतीय राजदूतबीच भेट, दुई देशको सम्बन्ध थप प्रगाढ हुने विश्वास

    अनलाइन नेपाल
  • शुक्रबार, २९ साउन २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । कायममुकायम प्रधानसेनापति रथी प्रभुराम शर्मासँग नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गरेका छन्।

    आज दिउँसो सैनिक मुख्यालय जङ्गीअड्डामा उनीहरुबीच भएको भेटवार्तामा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।



    उनीहरुबीचको भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई सुमधुर र प्रगाढ तुल्याउन थप योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।



    प्रधानसेनापति पूर्णचन्द्र थापा तीनवर्षे कार्यकाल पूरा गरेर अनिवार्य अवकाशका लागि एक महिना बिदामा बसेपछि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी शर्माले पाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार