Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सप्तरीका सिडिओले अपाङ्गता भएका प्रलादको घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाणपत्र

    सप्तरीका सिडिओले अपाङ्गता भएका प्रलादको घरमै पुगेर दिए नेपाली नागरिकताको प्रमाणपत्र

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 1.8K
    SHARES

    रामनारायण यादव / सप्तरी । जिल्ला प्रशासान कार्यालय सप्तरीले अपाङ्गता भएका एकजना युवालाई उनकै घर पुगरे नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ।

    बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यसहितको टोलिले उनकै घरमा पुगेरै नागिरिकता दिएको हो ।



    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्वर ४ का प्रलाद मण्डलाई सिडिओ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।



    स्थानीय शैलेन्द्र कुमार मण्डलका १९ वर्षीय छोरा प्रलाद शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले घरमै पुगेर नागरिकता दिइएको सिडिओ आचार्यले बताए । सिडिओ आचार्यका अनुसार उनी हिंड्न समेत नसक्ने भएको जानकारी पाएपछि उनको घरमै पुगरे नागरिकता दिएको हो।

    उमेर पु्गेपछि नेपाल सरकारले दिदै आईरहेको आपाङ्गता भएका व्यक्तिहरुलाई सेवासुविधाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले प्रशासन कार्यालयको टोलिले उनकै घरमा पुगेर नागरिकता दिएको सिडिओ आचार्यको भनाई छ ।

    प्रलादको घरमै आएर नागरिकता दिदा उनका बुबा र आमा निकै खुशी भएका थिए । साथै गाउँका मानिसहरुले उनीहरुको कामको प्रशंसा समेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार