Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • माकुनेलाई मैदानमा हिसाब किताब गर्छु भन्ने गुरु भट्टराईले दिए राजीनामा

    माकुनेलाई मैदानमा हिसाब किताब गर्छु भन्ने गुरु भट्टराईले दिए राजीनामा

    अनलाइन नेपाल
  • बुधबार, २७ साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराइले राजीनामा दिएका छन् ।

    बुधबार महाप्रबन्धक भट्टराईए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन् ।



    राजीनामापछि उनले आफूले रेल सञ्चालनका लागि पूर्वतयारीका काम गरिरहेका बेला सरकारले बर्खास्त गर्ने उद्देश्यले स्पष्टीकरणको  नाटक रचेको बताए ।



    ‘विभिन्न अवाञ्छित स्वार्थहरूको गठजोडले बनेको गंगटे सरकारले गर्ने जनविरोधी कामहरूको सहयात्री बन्न सकिन्न,’नैतिक मूल्य र मान्यताका आधारमा राजीनामा दिएको छु, उनले भने।

    पत्रमा उनले नियुक्ति लिएको दिनदेखि नै आफुले इमान्दारितापूर्वक काम गरेको र नेपाललाई रेल युगमा प्रवेश गर्न महत्वपूर्ण भूमिका निभाएको बताएका छन् ।

    यसअघि महाप्रबन्धक भट्टराईले स्पष्टीकरणको बिषयमा सरकारसंग भन्दा पनि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग आक्रोश पोखेका थिए। नेता नेपाललाई चुनौती दिँदै सामाजिक संजालमा केही दिनअघि लेखेका थिए, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’ माधवकुमार नेपाललाई ‘राजनीतिक क्यान्सर’ संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणीसमेत गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार