Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

५० लाखको चेक बाउन्स मुद्दामा फरार रहेका भुसाल सीआईबीको फन्दामा

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ् कसूर (चेक बाउन्स) मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्ला शितगंगा न.पा.५ घर भई हाल काठमाडौं चन्द्रागिरी-६ बस्ने ३५ बर्षीय कासीराम भुसाल रहेका छन् । बुधबार सीआईबीले भूसाललाई चन्द्रागिरीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई उच्च अदालत पाटनको २०७७ माग ४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो।

सीआईबीका प्रवक्ता एवं एसपी श्याम कुमार महतोका अनुसार भुसालले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्याई ग्लोबल आईएमई बैंकको चेक काटेर बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गरी अदालतले उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा बुझाइएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077