Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक फरार

रामनारायण यादव / जनकपुरधाम । सिरहामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्वर ७ गगनखोलास्थित बुधबार विहान स १ त ५९३५ नम्वरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा गोलबजार नगरपालिका वडा नम्वर १ निपानेका ३० वर्षीय अरुण यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

उनले सोही ट्याक्टरमा काम गर्ने लेवर हुन् । खोलामा बालुवा लिन गएको समयमा ट्याकटर अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकको शव पोष्मार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077