Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

देउवामाथि खनिएका ओलीलाई बाबुरामको उत्तर–जो चोर उसको ठूलो स्वर !

काठमाडौं । सर्वोच्च अदालतको आदेशसँगै प्रतिनिधि सभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीबाट हटेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज पहिलोपटक प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि खनिए ।

देउवालाई ‘केटाकेटी’ को संज्ञा दिंदै ओलीले सम्बोधनका क्रममा ‘देउवा सरकार दशैंमा केटाकेटी नाचेजस्तो नाचिरहयो’ भनेका थिए । ओलीले शेरबहादुर देउवा प्रधानमन्त्री भएको एक महिना हुँदा पनि केहि काम नभएको भन्दै सरकार र गठबन्धनको आलोचना गरेका थिए।

ओलीको सम्बोधन सकिने वित्तिकै सामाजिक सञ्जाल ट्ीटरमा एक ट्वीट गर्दै सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले ओलीलाई राम्रै जवाफ फर्काए ।

भट्टराई उखान टुक्का जोड्दै ओलीमाथि खनिएका हुन् । उनले ट्वीट गर्दै भनेका छन्–‘सबको औषधि दैवले रचिदियो बिर्सेछ कि मूर्खको ’ भन्दै ओलीमाथि कटाक्ष गरेका हुन् ।

उनले ट्वीटमा भनेका छन्–‘भर्खरै आफ्नो कुकर्मले सत्ताच्यूत भएका ओलीको संसदमा कुरा सुन्दा र हाउभाउ हेर्दा स्कुलमा पढेको कवितांशको याद आयो। पटकपटक संविधानको उलंघन, संसदको हत्या, अध्यादेशको राज, भ्रष्टाचारको पहाडबारे न कुनै क्षमायाचना ! उल्टै जो चोर उसको ठूलो स्वर !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077