Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रका ३ उपसचिवको बढुवा, कृषि सचिवमा शर्मा

काठमाडौं । सरकारले नेपाल परराष्ट्र सेवाका तीन जना उपसचिवालाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई सहसचिवमा बढुवा नियुक्ति दिई परराष्ट्र मन्त्रालय वा यस अन्तर्गतका कार्यालयमा पदस्थापन गर्ने निर्णय भएको सरकारका प्रवक्ता कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै, सरकारले कृषि तथा वन सेवातर्फका सहसचिव गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ । शर्मालाई सचिवमा बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि सचिवमा पदस्थापन गर्ने निर्णय गरेको कानुनमन्त्री कार्कीले बताए।  शर्मालाई बढुवा गर्न बढुवा समितिले साउन २४ गते मन्त्रिपरिषदसमक्ष सिफारिस गरेको थियो ।

यसैगरी आजकै मन्त्रिपरिषद बैठकले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश र स्थानीय तहका कर्मचारीका लागि साउन १ देखि नयाँ तलबमान स्वीकृत पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077