Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृह सचिवमा टेकनारायण पाण्डेको सरुवा, रक्षामा बेगेन्द्र शर्मा पौड्याल

मकाठमाडौं । सरकारले सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहेका पाण्डेलाई गृहसचिवको जिम्मेवारी दिएको हो । त्यसैगरी मन्त्रिपरिषद् बैठकले बेगेन्द्र शर्मा पौड्याललाई रक्षा सचिवको जिम्मेवारी दिएको छ । पौड्याल राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा थिए ।

प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्यालको भने सञ्चार मन्त्रालयमा सरुवा भएको छ भने प्रदेश नम्बर १ का प्रमुख सचिव सुमन अर्याललाई महालेखा परीक्षकको कार्यालयमा सरुवा गरिएको गरिएको छ ।

त्यस्तै, कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077