Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इमाडोलबाट जीवित भैंसे गोहोरोसहित तीन जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले संरक्षित वन्यजन्तु जीवित भैंसे गोहोरोसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका ५ नौबिसे दामिचौरका ४१ वर्षीय पञ्चराम तामाङ, दोलखा मेलुङ गाउँपालिका-३ भैंसेका १९ वर्षीय सुरेश विक र तामाकोसी गाउँपालिका वडा नम्बर ५ गोगनटारका २३ वर्षीय सुमन विक पक्राउ परेका हुन् ।

पक्राउ परेका तीनै जनालाई आइतबार ललितपुरको इमाडोलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

एसपी महतोका अनुसार उनीहरूबाट प्रहरीले जीवित भैंसे गोहोरो बरामद गरेको छ ।

वन्यजन्तुको अवैध रूपमा ओसारपसार तथा बेचबिखन भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय,गोदावरीमा बुझाइएको एसपी महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077