Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गगनको प्रश्न - १२ को परीक्षा स्थगित गरेर अन्यको परीक्षा सञ्चालन गर्ने आधार के हो ?

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका युवा नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा भने सञ्चालन भइरहेकोमा प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षा सञ्चालन गर्नुको आधार र तर्क के हो भन्दै प्रश्न गरेका हुन् ।

यस बिषयमा स्वास्थ्य मन्त्रालयको धारणा पनि मागेका नेता थापाले भनेका छन्, 'प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो !'

उनले लेखेका छन् - 'कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077