Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।

दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीना देवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ। चन्द्रपुर नगरपालिका–१ नुनथरमा आज सोमबार बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको हो।

बारा जिल्लाको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना५च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जानकारी दिएको छ। सो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। बिहान ४ बजे भएको छ।

दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँच जना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ। बिहान करिब साढे ४ बजे रौतहट चन्द्रपुर १ नुनथर जाने बाटो को नहरमा दुर्घटना भएको हो। नहरमा खसेका १३ जनाको प्रहरीले उद्धार गरेको छ। गाडीमा करिब २० जना सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077