Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति भण्डारी र भीम रावलबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष डा भीम रावलबीच भेटवार्ता भएको छ।

शितलनिवास स्रोतका अनुसार शनिबार साँझ एमाले नेता रावल राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास पुगेका थिए।

उनीहरूबीच शनिबार साँझ सवा ५ बजेदेखि राति झण्डै पाैने ८ बजेसम्म भेटवार्ता भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

पछिल्लो समय एमालेभित्रको विवाद समाधान हुन नसकिरहेका बेला रावलले राष्ट्रपति भण्डारीलाई भेट्नुलाई महत्त्वपूर्ण रूपमा लिइएको छ । यद्यपि उनीहरुबीच भेटमा भएको कुरा सार्वजनिक नभएपनि नेता नेपालले पार्टी एकताका लागि पहल गर्न आग्रह गरिएको बुझिएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीचको आन्तरिक कलहले गर्दा पार्टीभित्र देखिएको विवाद अझै समाधान हुन सकेको छैन ।

यसअघि दुवै तर्फ (ओली-नेपाल)का पाँच/पाँच जना नेता सम्मिलित कार्यदलले पार्टी एकताका लागि १० बुँदे सहमितको प्रस्ताव तयार पारेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन।  पछिल्लो  समय एकताका लागि नेपाल पक्षले केही लचकता अपनाए पनि टुंगोमा पुग्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077