Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिष्टहरुलाई नयाँ विचारसहित समाजवादी ध्रुवीकरणतर्फ लाग्न बाबुरामको आग्रह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालका कम्युनिष्ट नेता–कार्यकर्ता उल्टो दिशामा हिँडिरहेको आरोप लगाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले विभिन्न घटकमा विभाजित कम्युनिष्ट नेता कार्यकर्तालाई अब नयाँ विचारसहित समाजवादी ध्रुवीकरणमा लाग्नसमेत आग्रह गरेका छन्।

शनिबार राति सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन्, ‘नेकपाका विभिन्न घटकमा रहेका कमरेडहरूसँग आग्रह : मान्छेले मान्छेमाथि गर्ने सबै खाले विभेद र उत्पीडनको अन्त्य गर्ने लक्ष्य स्टालिनदेखि ओलीसम्म आइपुग्दा किन र कसरी उल्टो दिशातिर सोझियो ? पुरानै बाटो हिँडेर नयाँ ठाउँमा कसरी पुगिएला? अब नयाँ विचारसहित नयाँ समाजवादी ध्रुवीकरणमा लाग्ने कि?’

https://twitter.com/brb1954/status/1424066432644517891

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077