Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना

    आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना

    अनलाइन नेपाल
  • आइतबार, २४ साउन २०७८
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रही प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान जारी गरेको छ।

    भारी वर्षाका कारण आज पहाडी भूभागमा भूक्षय, पहिरो र गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।



    मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।



    यसैगरी, आइबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भने, प्रदेश १ र बाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार