Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भीम रावल आउँदा किन आएनन् पाण्डे र भट्टराई ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको माधवकुमार नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् ।

यद्यपि केपी ओली निकट मानिए पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल पक्षमा उभिएका प्रेम आले र देउवालाई विश्वासको मत दिने दिन संसदीय राजनीति विकृत भएको भन्दै सांसद पदबाटै राजीनामा दिएर मतदान बहिस्कार गर्ने नेता भीम रावल भने उपस्थित भएका छन्।

बिहीबार बुद्दनगरमा नेपाल पक्षको केन्द्रीय समितिको बैठक चलिरहँदा नेपाल पक्षका नेताद्वय पाण्डे र भट्टराई भने अनुपस्थित भएपछि कतिपयले क्याम्प परिवर्तन गरेको  आशंका समेत गरेका छन्। तर, कोरोनाको कन्ट्याक्ट ट्रेसिङमा परेका कारण उनीहरु बैठकमा सहभागी नभएको बताइएको छ ।

यसबारे अहिलेसम्म पाण्डे र भट्टराईले भने कुनै प्रतिक्रिया दिएका छैनन्। अहिले नेपाल पक्ष जारी रहेको छ। आजको बैठकमा एमालेलाई कसरी अघि लैजाने र व्यवस्थित गर्ने भन्नेबारेमा छलफल भइरहेको सो पक्षका नेता मेटमणि चौधरीले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077