Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

    हिमानी थाइल्यान्डमा, पारस निर्मल निवासमा

    अनलाइन नेपाल
  • बिहिबार, २१ साउन २०७८
  • 3.5K
    SHARES

    काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बस्नुभएको छ । तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आउनुभएको छ ।

    उहाँकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको मौका छोपेर पूर्वयुवराज पारस निर्मल निवास बस्न थाल्नुभएको हो ।



    स्रोतका अनुसार उहाँकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहनुभएको छ । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थाल्नुभएको निर्मल निवास स्रोतले बताएको छ ।



    आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबस्नुभएका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गर्नुभएको बताइएको छ ।

    ‘हिमानी सरकार कोरोना महामारीका कारण थाइल्याडमा अड्किनुभएकाले पारस सरकार निर्मल निवासमा बस्दै आउनुभएको छ । नेपाल फर्कनुभएपछि उहाँ परिवारसँग यति लामो समय सँगै बस्नुभएको देखिएको थिएन । अहिले तीन महिना भइसकेको छ’ –निर्मल निवासका एक कर्मचारीले बताए ।

    करिब तीन महिनादेखि आफ्ना छोरीहरू पूर्णिका र कीर्तिकासँगै थाइल्यान्डमा बसिरहनुभएकी पूर्वयुवराज्ञी हिमानी उतै अड्किनुभएको छ । नेपालमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि थाइल्यान्डले नेपालको उडानमा केही समयका लागि रोक लगाएका कारण उहाँ थाइल्यान्डमै अड्किनुभएको हो ।

    थाइल्यान्डमै बस्ने गरी नेपाल छाडेका पारस महिला काण्डमा विवादित भएपछि ३ वर्षअघि नेपाल फर्किनुभएको हो । बेलाबेलामा विभिन्न धार्मिक गतिविधिमा सहभागी हुने गर्नुभएका पारस उपत्यका बाहिर पनि विभिन्न मठमन्दिरमा दर्शनका लागि जाने गर्नुहुन्छ । पछिल्लो समयमा लामो समय निर्मल निवासमा बसिरहेको भए पनि विवादमा फसिरहने पुरानो बानीमा भने खासै सुधार आएको देखिएको छैन । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार