Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गुरु भट्टराईको स्पष्टीकरण प्रकरण

    ‘माकुने राजनीतिको क्यान्सर हो, मैदानमा हिसाब-किताब गर्छु’

    ‘माकुने राजनीतिको क्यान्सर हो, मैदानमा हिसाब-किताब गर्छु’

    अनलाइन नेपाल
  • बुधबार, २० साउन २०७८
  • 2.2K
    SHARES

    काठमाडौँ । सरकारले स्पष्टीकरण सोध्ने निर्णय गरेपछि रेल्वे कम्पनीका हानिर्देशन गुरुप्रसाद भट्टराईले सरकारसंग भन्दा पनि नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसँग आक्रोश पोखेका छन्।

    बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस  लेख्दै उनी नेता नेपालसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि खनिएका हुन्।



    उनले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न मुख्यरुपमा प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै प्रश्न गरेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हामफाल्नेहरुले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’



    यस्तै, नेता नेपाललाई चुनौती दिँदै लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोरी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’ माधवकुमार नेपाललाई ‘राजनीतिक क्यान्सर’ संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणीसमेत गरेका छन् ।

    लगत्तै अर्को स्टाटसमा पुन: नेपालमाथि नै  खनिएका भट्टराईले लेखेका छन्, ‘मलाइ निकाल तर मैले नियुक्त गरेका गरिव नागरिककाका छोराछोरीलाइ हिम्मत गर्यो भने तिम्रो सत्ता हल्लिन्छ’ भन्दै मजाक नगर्न चेतावनी समेत् दिएका छन्।

    ‘गरीबका छोराछोीलाइ कामना लगाएको छु । भारतिय कम्पनिलाइ दिनु पर्ने ८ करोड आजै पठाउदै छु । र ट्रायल रन गर्दैछु। चोर राजनीतिज्ञ संग त म लड्ने नै हो, माकुनेसंग मैदानमा भेट्ने हो, उनले आक्रोश पोखेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार