जाजरकोट। जिल्लाको जुनिचाँदे गाउँपालिका–२ का अध्यक्ष धनबहादुर नेपालीले स्थानीय एक व्यक्तिलाई निर्घात कुटपिट गरेभिडियो सामाजिक संजालमा भाइरल बनेको छ।
वडाध्यक्ष नेपालीले कार्यालय परिसरमै स्थानीय सर्पे नेपालीलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो।
कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको समयमा मदिरा सेवन गरी आएका स्थानीय नेपालीले अपशब्द बोल्दै ढुंगा प्रहार गर्न थालेकाले नियन्त्रण लिने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ।
यस्तै, घटनाबारे पुष्टि गर्दै प्रहरीले मदिरा सेवन गरी होहल्ला गरेकाले नियन्त्रणमा लिने क्रममा सो घटना घटेको बताएको छ।
यद्यपि घटना साउन १५ गते दिउँसोको भए पनि हालसम्म कुनै पक्षबाट उजुरी नआएको प्रहरीले बताएको छ।
यता घटनाबारे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक खुमानन्द पाण्डेले भने भिडियो सार्वजानिक भएपछि प्रहरीले स्थलगत छानविन गरेको र पर्सेलाई वडा अध्यक्ष र स्थानीयले नियन्त्रणमा लिएको स्वीकार गरेका छन् ।
‘वडा अध्यक्षले इलाका प्रहरीलाई खबर गर्नु भएको रैछ, तर प्रहरी घटनास्थलमा पुग्न हिंडेर दुई/तीन घण्टा लाग्छ, प्रहरी त्यहाँ पुग्दासम्म वडा अध्यक्षको रोहवरमा मिलापत्र भैसकेको रहेछ,’ निरीक्षक पाण्डेले भने ।
कुटपिटपछि वडाध्यक्षले जारी गरेको पत्र यस्तो छ :
हेर्नुहोस् भिडियो :
जाजरकोट जुनिचाँदे गाउँपालिका २ का अध्यक्ष रामबहादुर नेपालीले स्थानीय सर्पे नेपालीलाई कार्यालय परिसरमै कुटपिट गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने क्रममा मनोमानी भएको आवाज उठाएका नेपालीलाई वडाध्यक्षलगायतले हातखुट्टा बाँधेर निर्घात कुटपिट गरेका हुन् । pic.twitter.com/n2rHtohuOb
— Bimal Acharya (@bimalchitwan0) August 3, 2021
Leave a Reply