काठमाडौँ । पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि अमेरिकी प्रस्थान गरेकी छिन् ।
श्रृङ्खला अमेरिकास्थित हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न हिजो अमेरिकातर्फ प्रस्थान गरेकी हुन् ।
केही समय अगाडि उनले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी गराएकी थिइन् ।
श्रृङ्खलालाई त्रिभुवन विमानस्थलमा उनका प्रेमी सिसन बाँनिया र परिवारका केही सदस्यहरुले बिदाई गरेका थिए।
Leave a Reply