Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संविधान रक्षाको आन्दोलनमा मिडियाको भूमिका प्रशंसनीय रह्यो : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले संविधान रक्षाको आन्दोलनमा मिडियाले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। नेपाल पत्रकार महासंघद्वारा केन्द्रीय कार्यालयमा सोमवार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधान विरोधी गतिविधिविरुद्ध निरन्तर आवाज उठाएर सञ्चार जगतले संविधानको रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको बताए।

अघिल्लो सरकारको संविधान विरोधी गतिविधिविरुद्ध गठबन्धनकारी राजनैतिक दल, आम जनता, बुद्धिजिवी, कानुनविदसँगै मिडिया क्षेत्रले सक्रिय भूमिका निर्वाह गरेको कारण लोकतन्त्र र संवैधानिक अधिकार जोगिएको उाको भनाइ छ।

स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरुको लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्ने बारे सरकार प्रयत्नशील रहेको भन्दै मन्त्री शर्माले यसबारे आवश्यक व्यवस्था मिलाउन राष्ट्र बैंकसँग पनि कुरा भइसकेको जानकारी दिए।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार ढृडतापूर्वक उभिने भन्दै उनले गल्ती कमजोरीहरु औंल्याएर रचनात्मक सहयोग गर्न आम सञ्चार जगतलाई आग्रह गरे। मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामूहिक प्रयत्नबाट राहत सम्बन्धी उचित निर्णय गरिने स्पष्ट पारे। दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा मन्त्री शर्माको जोड छ।

स्वागत कार्यक्रममा पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरुको लागि राहत र पुनस्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मान लगायतका विषयहरुमा सरकार प्रतिवद्ध रहनुपर्ने बताए। उनले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिए।

पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारहरुको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077