Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यी हुन् छन्नमस्ता भगवतीको मुकुट चोरी गर्ने मण्डल, कसरी पक्राउ गर्यो प्रहरीले ?

    यी हुन् छन्नमस्ता भगवतीको मुकुट चोरी गर्ने मण्डल, कसरी पक्राउ गर्यो प्रहरीले ?

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2K
    SHARES

    राम नारायण यादव / सप्तरी  । मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरको मुकुट चोरीको आरोपमा पक्राउ परेका एक जनालाई सप्तरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ ।

    भगवतीको मुकुट चोरीको आरोपमा सप्तरीकै विष्णु्पुर गाउँपालिका वडा नम्वर ५ मझौउ बस्ने  राजेश कुमार मण्डललाई सप्तरी प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ परेका मण्डलको मानसिक अवस्था सुस्त रहेको अनुसन्धानको क्रममा देखिएको छ ।



    विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का वडाध्यक्षले सोहि गाउँपालिकाको अध्यक्षलाई फोन गरे हाम्रो गाउँमा एक जनाले भगवतीको मुकुट लिएर हिडी रहेको जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । खबरलगतै त्यसतर्फ प्रहरी टोली पारिचाल गरि मुकुटसहित उनलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमलाले पत्रकार सम्मेलनमा जानकारी दिए ।



    आइतबार साँझ ७ बजेतिर चोरी भएको मुकुट विहान ७ बजेतिर भेटिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीका एसपी धमलाले बताए । मुकुट चोरी गर्ने विष्णुपुर गाउँपालिका वडा नम्वर ५ का राजेश मण्डललाई नियन्त्रण लिएर थप अनुसन्धान भई रहेको बताए ।

    साँझ मुकुट चोरी भएसँगै घटना लगतै सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला र सशस्त्र प्रहरीका प्रमुख लगायतका टोलिहरु परिचालन गरी मुकुट खोजनका लागि सिमा नाका समेत सिल गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार