Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल, मन्त्रिपरिषद विस्तारको तयारी

    बालुवाटारमा देउवा, प्रचण्ड र यादवबीच छलफल, मन्त्रिपरिषद विस्तारको तयारी

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 1.9K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका शीर्ष नेताको बैठक शुरु भएको छ ।

    सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल शुरु भएको हो ।



    छलफलमा मन्त्रिपरिषद विस्तार र दलहरुबीच मन्त्रालय बाँडफाँटका विषयमा छलफल हुने प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ । यस्तै, स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीले सकेसम्म आज र नभए भोलिसम्म मन्त्रिपरिषदको विस्तार गर्ने तयारी गरेका छन् ।



    पछिल्लो समय बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकका अनुसार देउवा नेतृत्वको मन्त्रीमण्डलमा कांग्रेसलाई ८ र माओवादी तथा जसपालाई ७ /७ मन्त्रालयमा सहमति गरेको स्रोतको दाबी छ।

    गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका कांग्रेस सभापति देउवाले हालसम्म पनि मन्त्रिपरिषद बिस्तार गर्न सकेका छैनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार