Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले स्थायी कमिटीको बैठक च्यासलमा, नयाँ रणनीति बुन्दै ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ।

ललितपुरको च्यासलस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवनमा सुरु भएको बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित रहेका छन् । यसअघि शनिबार र आइतबारको बैठकमा भने गौतम सहभागी भएका थिए।

यस्तै, बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी भएको छैन ।

एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले दिएको जानकारी अनुसार आजको बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित हुनेछ।

यसैगरी बैठकमा पार्टीको विधान अधिवेशनको तयारी, विभागहरूलाई पूर्णता दिनेलगायतका विषयहरु रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077