Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

    दुर्गेश थापालाई बहिष्कार गर्ने दोहोरीगीत प्रतिष्ठानको निर्णय

    मेला–महोत्सवमा नबोलाउने

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 2.4K
    SHARES

    काठमाडौँ । गायक एवं मोडल दुर्गेश थापालाई राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालले संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ ।

    आइतबार बसेको संस्थाको केन्द्रीय कमिटीको बैठकले उक्त निर्णय गरेको प्रतिष्ठानका संयोजक शिव हमालले जानकारी दिए। यद्यपि प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन ।



    १० दिनअघि दुर्गेशले आफ्नै शब्द, संगीत र स्वरमा तीज पर्वलाई लक्षित गर्दै ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ बोलको गीत सार्वजनिक गरेका थिए । त्यसो त दुर्गेश गीत सार्वजनिक गर्नु अघि नै प्रतिष्ठानले ‘ख्यास्स पुतली’ शब्दमा आपत्ति जनाएको थियो । प्रतिष्ठानले सो गीत तीजको मर्म विपरित रहेको र गीतले कला संस्कृतिमाथि प्रहार गर्ने ठहर गर्दै आपत्तिजनक शब्दहरु फेरबदल गरी प्रस्तुत हुन आग्रह गर्दै उनलाई पत्र समेत काटेको थियो ।



    तर, प्रतिष्ठानको आग्रहलाई बेवास्ता गर्दै दुर्गेशले गीत सार्वजनिक गरेपछि उक्त गीतले तीजको मर्ममाथी प्रहार गरेको प्रतिष्ठानले ठहर छ । गीतलाई लिएर सामाजिक सञ्जालदेखि महिला एवं महिलासँग सम्बन्धित संस्थाहरुले आपत्ति समेत जनाएको र आफूहरुको आग्रह अस्वीकार गर्दै गीत सार्वजनिक गरेकाले दुर्गेशलाई संस्थागत बहिस्कारको निर्णयमा पुगेको हमालले बताए।

    ‘हामीले उहाँलाई संस्थागत बहिस्कारको निर्णय गरेका छौं, संयोजक हमालले भने, ‘प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्वन गर्ने, सेवा सुविधाबाट बन्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनैपनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णय गरेका छौ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार