Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै डीडीसी, १६ करोडको अखाद्य नौनी घ्यू बिक्री

    जनताको स्वास्थ्यमाथि खेलवाड गर्दै डीडीसी, १६ करोडको अखाद्य नौनी घ्यू बिक्री

    अनलाइन नेपाल
  • सोमबार, १८ साउन २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै जनताको स्वास्थ्यमाथि खेलवाड गरेको रहस्य खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले न्युन गुणस्तरको भनेर प्रमाणित गरेको झण्डै दुई लाख किलो बटर उपभोक्तालाई बिक्री गरेको खुलिसक्दा पनि सम्बन्धित निकायहरु भने कानमा तेल हालेर बसेका छन् ।

    गुण नियन्त्रण विभागले अस्वीकृत गरेको संस्थानको बालाजु प्लान्टको भण्डारणमा रहेको उक्त अखाद्य बटर डीडीसीले विक्री गरेको स्रोतको दावी छ । खाद्य प्रविधि विभागले पनि प्रयोगशाला परीक्षण गरेर नष्ट गर्न भनेको उक्त नौनीले उपभोक्तामा कस्तो असर गर्ने हो ? त्यो भने समयले नै बताउला ।



    डीडीसीले १ लाख ९४ हजार ९७५ किलो बटर सुजल डेरी पोखराबाट खरिद गरेको जनाएको थियो । उपभोग्य मिति सकिएको अवस्थामा गत असोजमा फेला परेको उक्त नौनी करीब १६ करोड रुपैयाँ बराबरको रहेको पनि बताइएको छ ।



    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड नपुगेको पुष्टि भएको उक्त नौनी १० महिनाभित्र विक्री भएको हो ।

    आयोजना प्रमुख निलकण्ठ गौतमले नै संस्थानको बालाजु प्लान्टको भण्डारणमा मिति नाघेको उक्त नौनी अहिले नरहेको प्रतिक्रिया दिइसकेका छन् । प्लन्टमा नौनी नभएपछि उक्त नौनी विक्री भएको हुनसक्ने उपभोक्ता हित संरक्षण समितिको दावी छ ।

    काठमाडौं महानगरपालिका अन्तर्गतको उपभोक्ता हित संरक्षण समितिले २०७७ असोज २७ गते गरेको अनुगमनमा एक लाख ९४ हजार ९७५ किलो बटरमा उपभोग्य मिति सकिएको पाइएको थियो ।

    गोदाममा सन् २०१९ को नोभेम्बर, डिसेम्बर र सन् २०२० को जनवरीमा बनेको बटर भेटिएको थियो ।

    तत्कालीन संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले अनुगमन गर्दा पनि त्यसअघि गुणस्तर नभएको भनिएको बटर बिक्री भइरहेको समाचार आएको थियो ।

    समितिले त्यसबारे थप अनुसन्धान गर्न एक उपसमिति पनि गठन गरेको थियो । तर, निषेधाज्ञा हुँदा र संसद भंग हुँदा समितिले काम गर्न नपाएको समितिका सदस्य प्रकाश रसाईली जनाएका छन् ।

    विवादित बटरसहित संस्थानको दूधमा पनि गुणस्तर नभएको पाइएपछि गत असारमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । बटर नष्ट गर्न र दूधको कैफियतमा जरिवानासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा असार २ गते सस्थानविरुद्ध मुद्दा दायर गरिएको थियो । तर, मुद्दा चलिरहँदा डीडीसीले भने सबै नौनी विक्री गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार