Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एक वर्षदेखि दुईओटा शव कारमा राखेर घुमिरहिन्, ट्राफिक चेकिङमा भयो यस्तो खुलासा

एजेन्सी । अमेरिकामा एक महिलाले आफ्नो कारमा २ बालबालिकाको शव राखेर महिनौंसम्म त्यही कारमा घुमिरहेकी खुलेको छ। अमेरिकी पुलिसले ती महिलालाई आफ्ना भतिजा र भतिजीको शव कारको डिक्कीमा लिएर घुमिरहेको अवस्थामा पक्राउ गरेको छ।

शुक्रबार एक नियमित ट्राफिक जाँचमा यी महिलाको हर्कतको खुलासा भएको हो। अमेरिकाको बाल्टीमोरकी निकोल जोनसनमाथि बालबालिकाको हत्या, उनीहरुमाथि दुव्र्यवहार लगायतका आरोप लगाइएको छ।

बाल्टीमोर सन अखबारका अनुसार ३३ वर्षीय निकोलले गत वर्ष मे महिनामा आफ्नी भतिजीको शवलाई एक सुटकेसमा राखेर डिक्कीमा हालेकी थिइन्। त्यसपछि उनले सामान्य रुपले त्यो कारको प्रयोग गरिरहिन्। एक वर्षपछि उनले भतिजाको शव पनि भतिजीको सडेको शवको छेउमा राखिन्। यो शवलाई प्लास्टिकको झेलामा राखिएको थियो।

पुलिसले बुधबार निकोललाई तीब्र गतिमा कार चलाएको भन्दै रोकेको थियो। उनीसँग कारको कागजपत्र पनि नभएपछि उनको कार जफत गरियो। रिपोर्टअनुसार एक अधिकारीले निकोललाई कार जफत गरिन लागेको बताएपछि जवाफमा उनले ‘केही छैन म यहाँ ५ दिनमा हुने छैन। तपाइँहरु मेरो ठूलो डेब्यूको समाचार देख्न जाँदै हुनुहुन्छ’ भनेकी थिइन्।

निकोलका अनुसार उनलाई उनकी दिदीले यी दुई बालबालिका हेरचाहको लागि दिएकी थिइन्। उनले भतिजीलाई कैयौं पटक कुटेको र भुइँमा टाउको ठोक्किएर उनको मृत्यु भएको बताइन्। तर, भतिजाको मृत्यु कसरी भयो भन्ने उनले बताएकी छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077