काठमाडौं । गृह मन्त्रालयले दार्चुलामा तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको विषयमा छानबिन गर्न ४ सदस्सीय छानविन समिति गठन गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो ।
गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक (डीआईजी) हुतराज थापा, सशस्त्रका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो ।
समितिलाई घटनाबारे सत्यतथ्य बुझेर प्रतिवेदन पेश गर्न १० दिनको समय दिइएको पनि मन्त्रालयले जनाएको छ ।
Leave a Reply