काठमाडौं । नेकपा एमालेको स्थायी समिति बैठकले नेकपा एमालेलाई एकजुट बनाउन पहल गर्ने निर्णय गरेको छ । आइतबार ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समिति बैठकले एमालेलाई एकतावद्ध बनाएर लैजान गर्नुपर्ने सबै प्रयासहरु गर्ने निर्णय गरेको हो ।
महासचिव ईश्वर पोखरेलका अनुसार जेठ २ को टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र त्यसमा असन्तुष्ट पक्षहरू पनि आउने विश्वास व्यक्त गरे ।
उनले भने–‘हामी एमालेलाई एकतावद्ध बनाउन चाहान्छौँ । उन्नत तहको एकताका लागि जे गर्न सकिन्छ त्यो गर्ने हो ।’ आजको बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने उपस्थित भएको थिएन ।
Leave a Reply