Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • ओलीले बोलाएको बैठकमा आज पनि गएनन् नेपाल, कारबाही बारे निर्णय हुन सक्ने

    ओलीले बोलाएको बैठकमा आज पनि गएनन् नेपाल, कारबाही बारे निर्णय हुन सक्ने

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 2.7K
    SHARES

    काठमाडौं । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा जारी नेकपा एमाले स्थायी कमिटीको बैठकमा आज पनि वरिष्ठ नेता माधकुमार नेपाल पक्षले सहभागिता जनाएको छैन ।

    शनिबारलाई बोलाएको बैठक एकताका लागि सहमति जुटाउन भन्दै आजसम्मलाई स्थगित स्थगित गरिएको थियो । तर, सहमति नजुटेपछि माधव नेपाल पक्षका नेताहरु आइतवारको बैठकमा सहभागी भएका छैनन् ।



    यद्यपी उपाध्यक्ष वामदेव गौतम भने बैठकमा सहभागी छन् ।
    आइतबारको बैठकमा केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएपनि त्यसबाहेक माधव समूहका नेतामाथिको कारवाहीबारे समेत छलफल हुने ओली पक्षका नेताहरुको भनाइ छ ।



    यसअघि ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्ने भनेपनि बीचैमा रोकिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार