Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • तालिबानले सहर कब्जा गर्न खोजेपछि अफगानिस्तानमा हिंसात्मक द्वन्द्व

    तालिबानले सहर कब्जा गर्न खोजेपछि अफगानिस्तानमा हिंसात्मक द्वन्द्व

    अनलाइन नेपाल
  • आइतबार, १७ साउन २०७८
  • 3.5K
    SHARES

    एजेन्सी। अफगानिस्तानको दक्षिणी र पश्चिमी भागमा रहेका तीन मुख्य सहरहरूमा तालिबानको आक्रमणले द्वन्द्व चर्किएको छ।

    समाचार स्रोत बीबीसीका अनुसार सरकारी फौजबाट नियन्त्रण खोस्ने प्रयासमा तालिबान लडाकुहरू हेरात, लश्कर गह र कान्दहारभित्र प्रवेश गरेका छन्।



    सेप्टेम्बरको अन्त्यसम्म लगभग सबै विदेशी फौजले अफगानिस्तान छोड्ने घोषणा भएका कारण उनीहरूले ग्रामीण क्षेत्रमा सजिलै नियन्त्रण जमाउँदै लगेका छन्।



    तर, यी तीन सहरहरूको द्वन्द्व सरकारी फौजको परीक्षण हुने र मानवीय सङ्कट आउन सक्ने कारण महत्त्वपूर्ण रहेको बताइएको छ।

    तालिबालले पाकिस्तान र इरानका महत्त्वपूर्ण सीमासहित अफगानिस्तानको आधा भूभाग नियन्त्रणमा लिएको मानिएको छ।

    लश्कर गहमा शनिवार तालिबान गभर्नरको कार्यालयबाट केही सय मिटरको दूरीमा पुगेको तर राति सरकारी फौजले पछाडि धकेलेको बताइएको छ।

    तालिबानले त्यहाँ गभर्नरको कार्यालय कब्जा गर्न खोजेको यो दुई दिनमा दोस्रो पटक हो। अफगान फौजका कमान्डरले शुक्रवार तालिबान लडाकुतर्फ उल्लेख्य क्षति पुर्‍याएको दाबी गरेका थिए।

    यस्तै, लडाकुहरू आम नागरिकका केही घरलाई कब्जा गरेका कारण उनीहरूलाई लखेट्न गाह्रो हुने र अझ हिंसात्मक द्वन्द्वको सम्भावना रहने बताइएको छ।कान्दहारका एक सांसदले उक्त सहरमा तालिबानले कब्जा गर्ने जोखिम रहेको बताउँदै हजारौँ मानिसहरू घर छोडेर हिँडेको र मानवीय सङ्कट आउने बताए।

    गुल अहमद कामिनले अवस्था प्रत्येक घण्टा खराब बन्दै गइरहेको बताउँदै सहरभित्रको द्वन्द्व गएको २० वर्षमा सबैभन्दा खराब भएको बताए।

    उनले तालिबानले कान्दहरलाई अस्थायी राजधानी बनाउन चाहेको बताउँदै त्यो सहर तालिबानको कब्जामा गए अन्य पाँच वा छ प्रान्त पनि उनीहरूले नियन्त्रणमा लिने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार