Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तत : जसपा लुम्बिनीका तीन जना सांसद पदमुक्त

बुटवल। लुम्बिनी प्रदेशसभाका तीन जना सांसद पदमुक्त भएका छन्।

प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै जनता समाजवादी पार्टी (जसपा) का सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पदमुक्त गरेको जानकारी दिएका हुन् ।

यसअघि बिहीबार जसपाले प्रदेशसभाका ३ जना सदस्यलाई निश्कासन गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएको थियो ।

निस्काशित उनीहरुलाई पार्टीले लगाएको ह्वीप उल्लंघन गरेको आरोपमा गत जेठ ३० गते स्पष्टीकरण सोधिएको र त्यसको चित्तबुझ्दो जवाफ नदिएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार कारबाही गरेको जसपाले जनाएको थियो।

सांसदबाट पदमुक्त भएका तीनै जना मन्त्री पनि हुन्।  उनीहरुले सांसद पद थमौतीका लागि दिएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077