Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

गठबन्धनको खम्बा बन्दै माधव नेपाल, कोटेश्वरमै पुगे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बिहीबार दिउँसो अध्यक्ष प्रचण्ड नेता नेपाललाई भेट्न उनको नीजि निवास कोटेश्वर पुगेका हुन्।

बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका प्रचण्ड दिउँसो नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् ।

सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको बेला प्रचण्ड भेट्न पुगेको स्रोतले बताएको छ।

यद्यपि स्रोतका अनुसार पछिल्लो समय बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागवण्डा मिलाएको बुझिएपनि त्यसको आधिकारिक रुपमा बाहिर भने आइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077