Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • दक्षिणकालीबाट पक्राउ पर्यो कछुवा कारोवारीको गिरोह

    दक्षिणकालीबाट पक्राउ पर्यो कछुवा कारोवारीको गिरोह

    अनलाइन नेपाल
  • बुधबार, १३ साउन २०७८
  • 2.1K
    SHARES

    काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संरक्षित वन्यजन्तु (कछुवा) बिक्री गर्न लागेको अवस्थामा काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का विशाल सुनार, सोही ठाउँका ४१ वर्षीय विक्रम सुनार र मोरङ उर्लाबारीका भुवन राई रहेका सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महत्तोले जानकारी दिए ।



    वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि परिचालित प्रहरी टोलीले उनीहरुलाई काठमाडौँको दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट पक्राउ गरेको जनाइएको छ । संरक्षित वन्यजन्तु अवैध रुपमा ओसार–पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुका साथबाट जिउँदो कछुवासमेत बरामद गरेको छ ।



    उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसारमा बुझाइएको सीआईबीले आज एक सूचना जारी गरी जनाएको छ । उनीहरुमाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अघि बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार