Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । बैठक अहिले पनि जारी रहेको र आजको बैठकले प्रदेश प्रमुखहरुको समेत हेरफेर गर्ने स्रोतले बताएको छ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएपछि प्रमुखहरुको हेरफेर हुन लागेको हो।

यसअघि आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077