Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटरमा मन्त्रिपरिषदको आकष्मिक बैठक, प्रदेश प्रमुख परिवर्तनको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।

बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो । बैठकले प्रदेश प्रमुखहरुको हेरफेरको निर्णय गर्ने बताइएको छ ।

यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हटाएका गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरुलाई पुन: नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ।

यसअघि आजै माओवादी केन्द्रले यसअघि ओली नेतृत्वको सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077