Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले विश्वासको मत लिँदै, यस्तो छ प्रदेशको अंकगणित

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् ।

आज मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरुसँग बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले विपक्षीको माग अनुसार छिटै प्रदेशसभाबाट विश्वासको मत लिने बताए । यद्यपि मिति भने टुंगो नभएको चौधरीको भनाइ छ।

‘विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाउनुभयो । त्यसैले अब छिट्टै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ,’ प्रवक्ता चौधरीले भने, ‘हामी छिटै विश्वासको मत लिन्छौं । मत पाए सरकार चलाउछौं । नत्र छोडिदिन्छौं ।’

गत वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा  पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए ।

अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077