Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सत्य निरुपण र बेपत्ता आयोगमा ७९ अस्थायी दरबन्दीको सिर्जना

काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा ७९ अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ।

आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको मन्त्रिपरिषद्को नियमित बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयका लागि ३५ जना र प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरिएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

मन्त्री कार्कीका अनुसार सरकारले कर्मचारीको अस्थायी दरबन्दी आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरी चालू आ.व. ०७८/७९ का लागि स्वीकृत गर्ने निर्णय गरेको हो ।

यस्तै, आजको बैठकले कोरोना भाइरसको जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका सीडीओहरुले जारी गरेको निषेध आदेश लागू हुनुभन्दाअघिका अवधिभित्र सम्झौता भएका, तर काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्यादसम्बन्धी आपूर्तिकर्ता निर्माण व्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताए।

मन्त्रिपरिषदको अर्को बैठक आगामी बिहीबार बस्ने कार्यक्रम  रहेको छ भने आगामी  बैठकमा मन्त्रिपरिषद थप विस्तार हुन सक्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077