Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जेलबाट केहीबेरका लागि बाहिर निस्केका रेशम चौधरीले भने - न्याय देउ, क्षमा चाहिँदैन

काठमाडौं । आजीवन काराबासको सजाय काटिरहेका प्रतिनिधिसभा सदस्य एवं जसपा कार्यकारिणी सदस्य रेशम चौधरीले सरकारले आफूलाई न्याय दिनुपर्ने बताएका छन्।

सोमबार पार्टी आधिकारिकताको विवादबारे सनाखत गर्न निर्वाचन आयोग पुगेका चौधरीले आफूलाई क्षमा नभई न्याय दिनुपर्ने बताएका हुन्।

आयोगमा उपस्थित पत्रकारहरुको कुराकानीमा उनले राजनीतिक मुद्दाका कारण आफू जेलमा बस्नुपरेको भन्दै भने, ‘मेरो मुद्दामा मेरो पार्टी कत्तिको लडिरहेको छ, त्यो उहाँहरको दृष्टिकोण होला ।’

कठघरामा उभिएर जति सत्य बकेपनि दोषी ठहर गरिएको भन्दै उनले भने, ‘श्रीमान ! न्याय देउ हामीलाई, क्षमा चाहिँदैन । दोषीलाई दण्ड देऊ, निर्दोषीलाई थुन्न पाइँदैन ।’ अघि भने, ‘एक न्याय, दुई न्याय, तीन न्याय ।’

डिल्लीबजार जेलबाट आयोग पुगेका उनी जसपा विवादमा तटस्थ बसेका थिए। हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077