काठमाडौं । विश्व चर्चित पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् ।
आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा उनले फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट खेल्ने भएका हुन् ।
४४ वर्षीय अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३९८ ओडिआई र ९९ टी-२० आई खेलेका छन्। पाकिस्तानका पूर्वकप्तान समेत रहेका अफ्रिदीले तीन फर्म्याटमा गरी ११ हजारभन्दा बढी रन बनाएका छन् ।
आगामी सेप्टेम्बर २५ देखि ९ अक्टोबरसम्म हुने ईपीएलमा काठमाडौंसहित ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।
Leave a Reply