Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

'हेड काउन्ट'का लागि रेशम चौधरी पनि निर्वाचन आयोगमै जाने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता रेशम चौधरी सनाखतका लागि आयोगमै उपस्थित हुने भएका छन् ।

यसअघि उनको हस्ताक्षर जेलबाटै लिने तयारी भए पनि चौधरीले त्यसलाई इन्कार गर्दै आयोगमै उपस्थित हुने अडान लिएपछि आयोगले दोस्रो पत्र पठाएर चौधरीलाई उपस्थित गराइदिन कारागार प्रशासनलाई आग्रह गरेको थियो ।

डिल्लीबजारस्थित जेलर बसन्त पुरीले आयोगलाई निर्वाचन आयोगबाट दोस्रो पत्र प्राप्त भएको जानकारी दिंदै भने, ‘आयोगमा पठाउन अब कारागार व्यवस्थापन विभागको अनुमति चाहिने भएकाले त्यसको लागि समन्वय गरिरहेका छौं ।’

हालसम्म उपेन्द्र यादवको पक्षमा ३४ र ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका छन् ।

आयोगले जसपाको आधिकारिकता विवाद समाधान गर्न  प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै साउन ११ गते बिहान ११ बजे आयोगमा उपस्थित हुन यही साउन ७ गते आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077