Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

देउवाले बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन्।

बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बोलाइएको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार आजको नियमित बैठकमा समसामयिक विषयवस्तु र प्रशासनिक काम कारबाहीबारेको छलफलसहित निर्णय हुने छ । मन्त्रिपरिषदको नियमति बैठक प्रत्येक हप्ताको सोमबार र बिहीबार बस्दै आएको छ ।

मन्त्रिपरिषद्ले पूर्णता पाइ नसकेको अवस्थामा त्यसबारेमा पनि निर्णय हुनसक्ने स्रोतले जानकारी दिएको छ ।

आइतबार प्रधानमन्त्री देउवाले स्वाथ्यराज्यमन्त्री थप गरेपछि पहिलो पटक बस्न लागेको आजको बैठकमा स्वास्थ्य क्षेत्रकोबारेमा पनि थप केही निर्णय हुन सक्ने बुझिएको छ । आइतबार कांग्रेस सांसद उमेश श्रेष्ठलाई देउवाले स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077