Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • नेकपा एमाले : एकतातिर कि मुठभेडतिर ?

    नेकपा एमाले : एकतातिर कि मुठभेडतिर ?

    अनलाइन नेपाल
  • सोमबार, ११ साउन २०७८
  • 1.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेकपा एमालेको विवाद उत्कर्षमा छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अस्तित्वमा हुँदा नै विवाद उत्कर्षमा थियो। तर त्यसबेलादेखिको विवादले नेकपा एमालेमा निरन्तरता पाइरहेको छ।

    नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि प्रचण्डलगायतका माओवादी नेताहरु भने विवादबाट मुक्त भइसकेका छन्। तर पनि बेलाबेला एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनी पनि छेडखानीमा उत्रिन्छन्।



    एमाले देखिएको विवाद सामान्य पक्कै होइन। करिब दुई तिहाइ बहुमत नजिकको सरकार ढालेको विवाद हो यो। यो विवाद समाधान अवस्था नआएको भने होइन। तर, पटकपटक समाधानतिर उन्मुख हुँदै फेरि लयमा निरन्तर चलिरहेको यो विवाद। हाल एमालेको विवादमा मुख्यपात्रका रुपमा पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन्। उनीहरुले चलाएको गुटलाई नेता तथा सांसदहरुको भरपुर समर्थन छ।



    यी दुई नेता लामो रस्साकस्सीपछि वार्तामा पनि बसे। कार्यकर्ताले अब पाटी एक हुने अपेक्षा पनि गरे। १० सदस्यीय कार्यदल बन्यो जसलाई विवाद समाधानको जिम्मेवारी दिइयो। कार्यदलले उतारचढावकाबीच पटकपटक छलफल गरेर १० बूँदे सहमति पनि ग¥यो। तर सो सहमति कार्यन्वयन हुन सकेन। अर्थात शीर्ष नेताहरु कार्यदलले गरेको सहमति कार्यन्वयनमा उदार देखिए।

    प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि ओली पक्ष नेपालसहित २२ सांसदसँग रुष्ट बन्यो। उनीहरुलाई स्पष्टिकरण पनि सोधियो। ओली र नेपाल एकअर्कालाई चुत्छ गालीगलौजमा समेत उत्रिए। यसले पार्टी एकतामा भाँडिएको अनुमान गरिएको थियो। तर त्यसको केशी समयपछि ओलीले नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको र सबैलाई माफी दिने बताए। नेपाल पक्षले गल्ती नै नगरेको दाबी ग¥यो।

    ओली केही नरमरुपमा प्रस्तुत भएपछि दोस्रो तहका नेताहरुले उनीहरु दुईलाई वार्तामा राख्ने प्रयास गरे। तर नेपाल र ओलीबीच वार्ता हुन सकेको छैन। अहिले पनि भेटवार्ता गराउने प्रयास भइरहेको छ। दोस्रो तहका नेताहरु वार्ताको प्रयासमा जुटिरहेका बेला शीर्ष नेताहरु फेरि आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्।

    त्यतिमात्र हैन गुटगतरुपमा विभिन्न संगठनहरु निर्माण गर्ने होड पनि चलेको छ। दुई शीर्ष नेताका कारण नेताहरुमात्र नभएर कार्यकर्तापंक्ति पनि विभाजित भएको छ। एमालेका नेताहरुले भौतिक आक्रमणको धम्कीसमेत दिन थालेपछि पार्टी एकताभन्दा पनि मुठभेडतिर उन्मुख भएको देख्न सकिन्छ। नेतृत्व तहमा रहेका नेताहरुको अस्वभनीय टिक्काटिप्पणीका कारण पार्टी एकताबाट टाढिन लागेको छ। कार्यकर्ताहरु निराश बनेका छन्। नेताहरुको धम्की र निर्लज्ज व्यवहारले एमाले एकताभन्दा पनि मुठभृडतिर अघि बढेको छ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार