Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • मितव्ययिता र पारदर्शिता अपनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

    मितव्ययिता र पारदर्शिता अपनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 1.9K
    SHARES

    पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पारदर्शिता, सुशासन र उत्तरदायित्व बोधका साथ मितव्ययी भएर कार्यसम्पादन गर्न मन्त्री, प्रमुख सचिव र सचिवलाई निर्देशन दिएका छन्।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित कार्यक्रममा उनले बेरूजु र उजुरी फछ्र्योटमा सक्रिय रहन निर्देश दिँदै प्रदेश सरकारको श्वेतपत्र, वार्षिक नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना, क्षेत्रगत नीति, मन्त्रालय र मातहतका निकायका वार्षिक कार्यक्रमलाई निर्धारित अवधिभित्र पूरा गर्नुपर्नेमा जोड दिए।



    मन्त्रालयको संस्थागत सुशासनलाई सुदृढ बनाउँदै आफू मातहतका निकायको प्रभावकारिता बढाउन चालू खर्च घटाउन र पूँजीगत खर्च बढाउन मुख्यमन्त्रीले आग्रह गरे। जनतालाई घरदैलोमा नै सेवा प्रवाह गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले दोहो¥याएका छन्।



    सबै प्रदेशवासीलाई खोप उपलब्ध गराउन आफू क्रियाशील रहेको तथा त्यसका निम्ति सरकारले आवश्यक बजेट विनियोजन गरेको जानकारी उनले दिएका छन्। सेवा प्रवाह र कार्यसम्पादनमा निर्धारित विधिको पूर्णरुपमा पालना गर्न सम्बद्ध सबैलाई उनले निर्देशन दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार