Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

१० लाखको 'चेक बाउन्स' मुद्दामा फरार रहेकी निता सीआईबीको फन्दामा

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर (चेक बाउन्स) मुद्दामा फरार रहेकी एक महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-४ हात्तीगौडाकी ४५ वर्षीया नीता भण्डारी रहेकी छिन्।

सीआईबीका अनुसार आइतबार बुढानीलकण्ठबाट पक्राउ परेकी भण्डारीलाई उच्च अदालत पाटनले २०७८ साल वैशाख ६ गते १० लाख जरिवाना र ४ दिन कैद सुनाएको थियो ।

भण्डारीले २०७८ सालमा आफ्नो खातामा पर्याप्त रकम नहुँदा जुक्याएर मुक्तिनाथ बिकास बैंकमा रहेको खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई ४८ लाख रुपैयाँ बराबरको चेक काटेर दिएकी थिइन् ।

यसै मुद्दाको आधारमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले सो सजाय सुनाएको सीआईबीले जानकारी दिएको छ।

भण्डारीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा आइतबार पेश गरेर कारागार चलान गरिएको सीआईबीका एसपी श्याम कुमार महतोले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077