Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीद्वारा माधव नेपाललाई 'बिकाउ माल'को संज्ञा

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई बिकाउ मालको संज्ञा दिएका छन्।

निरन्तर पार्टीका नेता नेपालमाथि खनिदै आएका पूर्वप्रधानमन्त्री ओलीले यसअघि पनि नेपाललाई 'गद्दार' को संज्ञा दिएका थिए।

बिहीवार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा बाटो बिराएका हरुलाई माफी दिएको घोषणा गरेका ओलीले आज नेपाल महिला संघको बैठकमा सम्बोधन गर्दै

नेपालले पार्टी ध्वस्त बनाएकाले जोगाउनुपर्ने भन्दै नेपाललाई 'बिकाउ माल'को संज्ञा दिएका हुन्। 'पार्टीलाई ध्वस्त पार्नबाट जोगाउँ। यो 'बिकाउ माल'हरुको पार्टी होइन,' कार्यक्रममा ओलीले भने।

ओली यतिमा रोकिएनन् र भने ‘आफ्नो पार्टी फुटाएर सजिलो बनाइदिएको देखिरहेका छौँ । आफ्ना सांसदहरूलाई प्रलोभनमा पारेर मतदानबाहिर लगेको देखेका छौँ । उनीहरू विरोधीको पछि–पछि लागेर राष्ट्रपति कहाँ गएको देखेका छौँ । त्यस्ताको पछि लागेर आन्दोलन र आफ्नो भविष्य किन सखाप पार्ने । साथीहरू फर्किनुस् । पार्टीले क्षमा गर्छ।'

यसअघि सत्तारुढ गठबन्धनबाट अलग हुन ओलीले नेपाललाई फकाइरहेको आग्रहलाई नेपालले इन्कार गरेपछि ओली पुन आक्रोशित भएको बुझिएको छ।

अध्यक्ष ओलीको सरकारलाई परास्त गर्न मुख्य भूमिका खेलेका नेपाल गठबन्धनबाट केही दिन बाहिरिएको भए पनि फेरी गठबन्धनमै सक्रिय भएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077