Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • संसदीय समितिको बैठक : एमालेकै नेताहरुबीच जुहारी, ओली पक्षलाई प्रतिगमनको मतियार भनेपछि…

    संसदीय समितिको बैठक : एमालेकै नेताहरुबीच जुहारी, ओली पक्षलाई प्रतिगमनको मतियार भनेपछि…

    अनलाइन नेपाल
  • आइतबार, १० साउन २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा पुनःस्थापनापछि पहिलोपटक बसेको संसदीय समितिमा नेकपा एमालेका नेताहरुबीच पुनःस्थापनाको विषयलाई लिएर जुहारी नै चलेको छ ।

    बैठकमा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधकुमार नेपालले संसद पुनःस्थापना भएकोमा खुसी प्रकट गर्दै आफूनिकट सांसदहरूलाई बधाई तथा धन्यवाद दिए ।नेता नेपालले संसद् फेरि पुनर्जीवित भएर हामी सबैलाई मर्नबाट जोगाइएको र एउटा संघर्षबाट सफल भएर भेट भएको बताए।



    नेता नेपाललगायतले बोलेको केही समयपछि ओली पक्षीय सांसद नारदमुनि रानाले बोल्ने क्रममा नेता नेपालप्रति कटाक्ष गर्दै संसद चाहनेहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिएको बेला कहाँ गएका थिए भनी प्रश्न गरे । साथै, उनले यो संसद जनताले नभई अदालतले पुनःस्थापना गरेको बताए ।



    रानाले भने, ‘आफ्नो पार्टीको प्रधानमन्त्री हुँदा घरमा सुतेर बस्ने अनि संसद चाहिन्छ भन्ने ? यो संसद अदालतले ल्याएको हो जनताले होइन । यसको जिम्मेवारी वरिष्ठ नेताले लिनुपर्छ ।’

    त्यसपछि बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएका नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टले झपार्दै भने ‘प्रतिगमनको मतियार बाहिर जानुस्’

    नेपाल र भट्टसँगै कांग्रेसका सांसदहरुले पनि प्रतिगमनलाई साथ दिने अनि समितिमा आएर जथाभावी बोल्ने भन्दै रानामाथि खनिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार